मंसिर २६, २०८२ शुक्रबार | २३:५५:२१
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार

काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम नेपाल कबड्डी लिग (एनकेएल)ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसम्भार गरेको छ ।

व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र कार्यालय मर्मतसम्भार गरेको हो ।

यी सबै कार्यालयमा केबी साम एनकेएलले पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित १५० वटा झ्याल १३ वटा ढोका र उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने भवन बनाइदिएको हो ।

केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासमा हात हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन् । जेन्जी आन्दोलनमा उनीहरू कठिन परिस्थितिबाट गुज्रिएका थिए । काठमाडौंसहित धेरै सहरका प्रहरी कार्यालय ध्वस्त भएको थियो । त्यसमध्ये हाम्रा खेलाडी र सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासस्वरुप ८० लाख रुपैयाँ लागतमा पाँच कार्यालय मर्मतसंभार गरेका छौं,’ बेगानीले भने, ‘देश निर्माणमा खेलकुदसँगै कर्पोरेट हाउसलाई जोड्न पाउँदा खुशी छौं । सहकार्यका लागि नेपाल प्रहरीलाई धन्यवाद दिन चाहान्छौं ।’

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार शाहले केबी साम एनकेएलको प्रशंसा गर्दै आभार व्यक्त गरे ।

‘जेन्जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालहरू सरकार आफैले पनि तत्कालै पुननिर्माण गर्न संभव नदेखिएको परिस्थितिमा अग्रसरता लिएर बनाइदिएकोमा बेगानी ग्रुपप्रति आभारी छु,’ शाहले भने ।

केबी साम एनकेएलले जनकपर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ वटा ट्राफिक अइल्यान्ड पनि निर्माण गरिदिने जनाएको छ ।

बेगानी ग्रुपको आल्मुनियम उत्पादन केबी साम हो । बेगानी ग्रुपकै एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी गत वर्ष ६ सहरका ६ टिमलाई त्रिपुरश्वरस्थित कभर्ड हलमा उतार्दै एनकेएलको पहिलो संस्करण आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पिकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।

सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II