चैत्र ९, २०८२ सोमबार | १२:३७:०२
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

राष्ट्रिय रग्बीः आर्मी र बागमती प्रदेश सेमिफाइनलमा

फाइल तस्विर

कास्की । पोखरामा शुक्रबार सुरु भएको राष्ट्रिय रग्बी  सेभेन्स प्रतियोगितामा आर्मी र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।

समूह ‘बी’बाट आर्मी विजेता तथा बागमती उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् ।

आर्मीले लुम्बिनीलाई २४-०, गण्डकीलाई ५-० र बागमतीलाई ३६-५ ले हरायो । बागमतीले गण्डकीलाई १२-५ र लुम्बिनीलाई २०-० ले पराजित गर्यो ।

आर्मीले ९ र बागमतीले ६ अंक जोडे । गण्डकी लुम्बिनीलाई हराएर तेस्रो स्थानमा रह्यो भने लुम्बिनी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो शनिबारमात्र लाग्नेछ ।  एपिएफ दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । कोशी र कर्णालीको समान एक अंक छ ।

प्रतियोगितामा सात प्रदेश विभागबाट आर्मी र एपिएफ गरि ९ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार उद्घाटन गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो