चैत्र १८, २०८२ बुधबार | ०३:५१:५०
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सानेपा

तस्विरः एन्फा

काठमाडौं । अग्रता जोगाउन नसक्दा सानेपा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार गोलबजार स्पोर्टस क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानेपाका लागि निराजनजंग शाही र गोलबजारका लागि सुजनकुमार पुलामीले गोल गरे ।

यो नतिजासँँगै ११ खेलमा १२ अंक जोडेको सानेपा नवौं स्थानमा छ । गोलबजार समान खेलबाट सात अंकका साथ पुछारमा छ ।

खेलको सातौं मिनेटमा निराजनको गोलमार्फत सानेपाले अग्रता लियो । उनले खेमराज तामाङको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

तस्विरः एन्फा

सुजन २८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । सानेपाका सौगात लामाले जमिरदिन मियाँलाई फउल गरेपछि गोलबजारले पेनाल्टीको अवसर पाएको थियो । जसमा सुजन चुकेनन् ।

त्यसपछि थप गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

शुक्रबार नै सम्पन्न पहिलो खेलमा मनोहरा युनाइटेड र रानीवन स्पोर्टस क्लब पनि १-१को बराबरीमा रोकिएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो