भाद्र २३, २०८१ आइतबार | ०८:३१:३५
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने
शनिबारको दिन ट्वान्टी २० विश्वकप

नेपालसामु आफूलाई प्रमाणित गर्ने अवसर

डालास, अमेरिका । ‘हामी कुनै पनि टेस्ट टिमलाई हराउन सक्षम छौं ।’

यो दाबी हो, नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलको । ट्वान्टी-२० विश्वकप २०२४ आइतबारदेखि सुरु हुँदैछ र त्यसकै पूर्व सन्ध्यामा यो भनाइ आएको हो ।

कप्तानको यो दाबीले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको विश्वकपका लागि नेपाली टिम मानसिक र शारीरिक रूपमा तम्तयार छ भन्ने संकेत गर्छ । नेपालले ट्वान्टी-२० विश्वकप खेल्न लागेको यो दोस्रो अवसर मात्रै हो । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

सारमा भन्दा, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आफूलाई प्रमाणित गर्ने अवसर हो, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप । नेपाल जस्तो एसोसिएट देशका लागि विश्वकप पुग्नु नै ठूलै उपलब्धि हो, किनभने यसका लागि कठिन छनोट चरण पार गर्नु पर्छ । 

त्यो विश्वकपले पूरा नेपाल क्रिकेटमय भएको थियो । त्यसै बेला एउटा भर्खरको किशोर खेलाडी रोहितकुमारले निश्चय गरे, ‘अब म पनि क्रिकेट खेल्छुं ।’ उनले क्रिकेट मात्र खेलेनन्, नेपालकै लागि खेले । नेपालकै लागि मात्र खेलेका छैनन्, अब त विश्वकप नै खेल्दैछन् । २० ओभरको स्वरुपमा विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगितामा नेपाली टिम उनै रोहितकुमारको नेतृत्वमा मैदान उत्रिँदैछ ।

अहिलेको पूरा टिमका लगभग सबै खेलाडी नै त्यस्ता छन्, जो पारस खड्काको नेतृत्वमा रहेको टिमबाट हरेक हिसावमा प्रभावित थिए । अब नयाँ पुस्तालाई प्रेरित गर्ने पालो रोहित नेतृत्वको वर्तमान टोलीका खेलाडीको काँधमा छ ।

सारमा भन्दा, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आफूलाई प्रमाणित गर्ने अवसर हो, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप । नेपाल जस्तो एसोसिएट देशका लागि विश्वकप पुग्नु नै ठूलै उपलब्धि हो, किनभने यसका लागि कठिन छनोट चरण पार गर्नु पर्छ । अझ देशभित्र एउटा पनि ढंगको रंगशालासमेत नभएको टिमका लागि छनोट प्रतियोगिताको परिक्षा झन कठिन हुने गर्छ ।

यसपल्टको विश्वकपमा कुल २० टिमको सहभागिता छ र तिनलाई चार समूहमा विभाजन गरिएको छ । सबैभन्दा पहिले समूह चरणमा खेल हुनेछन् । नेपाल अलिकति तुलनात्मक रूपमा गाह्रै समूहमा परेको छ । तर नेपालका लागि यो ठूलै अवसर पनि हो । ठूला टिमसँग नखेलिकन नेपाली क्रिकेट कसरी पो माथि पुग्न सक्छ र ?

थुप्रै खाले अभाव र समस्याका बीचमा पनि नेपाली क्रिकेटले आफूलाई बारम्बार प्रमाणित गरिरहेको छ । उमेर समूहका विश्वकप छनोटदेखि विश्वकपसम्म नेपाली टिमको उपस्थिती गर्व गर्न लायक रहँदै आएको छ । यतिमात्र होइन विश्वकपजत्तिकै कठिन मानिने एसिया कपको छनोटमा पनि नेपालले दुई पटक सफलता हासिल गरिसकेको छ ।

भारत र पाकिस्तानको खराव सम्बन्धका कारण पहिलो पटक २००२ मा नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भयो । जुन गत वर्ष नेपाली टोलीले रवाफका साथ पूरा गरिसकेको छ । यसका बावजुद ढंगको पूर्वाधार र क्रिकेट संरचना नभएका कारण नेपालले हासिल गर्ने सबैखाले उपलब्धिहरु पानीको फोकाजस्तो फ्लुकमा परिणत हुने गरेका छन् ।

विश्वकपलाई नै हेर्ने हो भने पनि यो प्रष्ट देखिन्छ । २०१४ मा पहिलो पटक २० ओभरको विश्वकपलाई छानिएको नेपालले फेरि त्यही उपलब्धि छुन पूरा एक दशक प्रतिक्षा गर्नुपर्यो । तर अब फेरि अर्को विश्वकपका लागि १० वर्ष प्रतीक्षा गर्ने स्थिति भने सह्य हुने छैन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं नेपालले पहिलो पटक विश्वकप खेल्दाका कप्तान पारस खड्का भन्छन्, ‘हामीले त्योबेला पनि अर्को विश्वकप खेल्न यति लामो प्रतिक्षा गर्नुपर्ला भन्ने सोचेका थिएनौं । १० वर्षमा त टेस्ट मान्यता नै पाइएला भन्ने आशा लागेको थियो । तर अब हामी कम्तीमा ट्वान्टी-२० विश्वकपमा नियमित छनोट हुनु पर्छ र यसका लागि नेपाली क्रिकेट सक्षम पनि छ ।’

यसपल्टको विश्वकपमा कुल २० टिमको सहभागिता छ र तिनलाई चार समूहमा विभाजन गरिएको छ । सबैभन्दा पहिले समूह चरणमा खेल हुनेछन् । नेपाल अलिकति तुलनात्मक रूपमा गाह्रै समूहमा परेको छ । तर नेपालका लागि यो ठूलै अवसर पनि हो । ठूला टिमसँग नखेलिकन नेपाली क्रिकेट कसरी पो माथि पुग्न सक्छ र ?

समूह ‘ए’ मा छन्, भारत, पाकिस्तान, क्यानाडा, आयरल्यान्ड र अमेरिका । समूह ‘बी’ मा साविक विजेता इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । यसैगरी समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा छन् । नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

समूह चरणका खेलपछि शीर्ष आठ टिमबीच सुपर–एटका खेल हुनेछन् । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सुपर-एटको चरणमा प्रवेश पाउनेछन् ।

सुपर-एटमा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र त्यहाँ पनि लिग पद्दतिमा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्, त्यसपछि फाइनल । नेपाल सम्मिलित समूहलाई केहीले ‘ग्रुप अफ डेथ’ पनि मानेका छन् । समूहमा तीन टेस्ट टिम छन् र यी सबै बलिया छन् । श्रीलंका त पूर्व विजेता पनि हो । संयोग कस्तो भने सन् २०१४ मा नेपालले पहिलो पटक खेलेको विश्वकपको विजेता नै श्रीलंका थियो ।

१० वर्षअघि समूह ‘ए’ मा परेको नेपालले जम्मा तीन खेल खेलेर घर फर्किएको थियो । बंगलादेशसँग पराजित हुनुअघि हङकङमाथि ८० रनको जित हासिल गरेको टोलीले अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनको नतिजामा निराश पारेको थियो ।

नेपालको पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध छ । एसोसिएट प्रतिद्वन्द्वी डच टिमविरुद्ध नेपालको खेल जुन ४ मा डालासको ग्राण्ड पियरे रंगशालामा हुनेछ । त्यसपछि जुन १२ मा फ्लोरिडामा नेपालले श्रीलंकाको सामना गर्नेछ । वेस्ट इन्डिजका सेन्ट भिस्नेजमा जुन १५ र १७ मा हुने खेलमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले श्रीलंका र दक्षिण अफ्रिकाको सामना गर्न लागेको यो पहिलो पटक हो ।

बंगलादेशसँग भने एक पल्ट खेलिसकेको छ । बंगलादेशसँग १० वर्षअघिको विश्वकपमा उसकै मैदानमा खेल्दा नेपाल आठ विकेटले पराजित भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले बंगलादेशको चित्तागोङमा पूरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । जवाफमा २७ बल बाँकी रहँदै १३२ रन बनाएर बंगलादेशले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

१० वर्षअघि समूह ‘ए’ मा परेको नेपालले जम्मा तीन खेल खेलेर घर फर्किएको थियो । बंगलादेशसँग पराजित हुनुअघि हङकङमाथि ८० रनको जित हासिल गरेको टोलीले अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनको नतिजामा निराश पारेको थियो ।

जुन ४ तारिख मंगलबार नेदरल्यान्ड्सविरुद्ध हुने खेल नेपालका लागि विश्वकपमा चौथो खेल हुनेछ । पछिल्ला तीन खेलमा ६६ प्रतिसत जितको आँकडा भएको नेपाललाई इतिहास र टिमको वर्तमान फर्मले उत्साहित पार्नेछ ।

उमेरको कीर्तिमान

जारी विश्वकपमा उमेरका हिसावले नेपाल सबभन्दा युवा टिम हो । नेपाली टिमको औसत उमेर २३.७ वर्षमात्र छ । ३२.९ वर्ष औसत उमेरका खेलाडी लिएर अमेरिका र वेस्ट इन्डिजको भ्रमणमा निस्केको ओमान सबभन्दा पाका खेलाडीहरुको टिम हो ।

भर्खर २१ वर्षमा हिडिरहेका नेपालका कप्तान रोहितकुमार आसन्न विश्वकपका सहभागी सबै २० देशमध्ये सबभन्दा कान्छा कप्तान हुन् । उमेर सानो भए पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रोहितले अहिलेसम्म ४९ खेल खेलिसकेका छन् । आसन्न विश्वकपका पाका कप्तानमा भारतका रोहित शर्मा, क्यानाडाका साद बिन जाफर र स्कटल्यान्डका रिची बेरिङटन छन् । तीनैजनाको उमेर ३७ वर्ष पुगिसकेको छ ।

तीन पाका कप्तानमध्ये पनि क्यानाडाका बिन जाफर सबभन्दा बढि उमेरका छन् । प्रतियोगिता सुरु हुने दिन आइतबार उनी ३७ वर्ष ६ महिना २३ दिनका हुनेछन् । यसैगरी बेरिङटनको उमेर आइतबार ३७ वर्ष १ महिना १८ दिन तथा रोहितको ३७ वर्ष १ महिना ३ दिनको हुनेछ ।

अनुभवका हिसावमा चाँही यीमध्ये रोहितले सबभन्दा धेरै १५१ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने बेरिङटनले ८५ तथा बिन जाफरले ३८ खेलको अनुभव बटुलेका छन् ।

ट्रेन्डमा जम्दै नेपाल

सन् २००० को दशकमा ट्वान्टी-२० क्रिकेटको आगमनले विश्व क्रिकेटमा ठूलो क्रान्ति ल्यायो । अनिश्चितताको खेल भनिने क्रिकेटमा अब ठूला स्कोर सामान्य हुन थालिसके । एकदिवसीयमा साँढे चारसयको हाराहारीमा स्कोर सामान्य बन्न थाल्दा टेस्ट क्रिकेटले पनि आक्रामक स्वभाव अंगाल्न थालेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एवं एसियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष राजवंशी १० वर्षअघि र अहिले नेपालले बनाउने योगफल तथा चौका र छक्काको संख्याले नेपाल ट्वान्टी-२० क्रिकेटको ट्रेण्डसँग जम्दै गएको तर्क गर्छन ।

स्थापना कालदेखि नै नेपाली क्रिकेट बलिङको बलमा खेल्ने टिमको रुपमा परिचित थियो । टस जिते सुरुमा फिल्डिङ रोजेर विपक्षीलाई सकेसम्म कम स्कोरमा रोक्ने र पछ्याउने नेपालको परम्परागत शैली थियो । तर, अब ट्वान्टी-२० को क्रान्तीसँगै नेपालको ब्याटिङ पनि आक्रामक बन्न थालेको छ ।

वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशी भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा ट्वान्टी-२० ले ल्याएको ट्रेण्डसँग नेपाली क्रिकेट पनि विस्तारै अभ्यस्त हुँदैछ । १० वर्षअघि १५० रनको स्कोर हाम्रा लागि सगरमाथाजस्तै हुन्थ्यो । तर अचेल २०० त सामान्य लाग्न थालिसक्यो । पछिल्लो समय ब्याटमा हामीले धेरै सुधार गरेका छौं । बरु ब्याटमा धेरै ध्यान दिन खोजेर होला हाम्रो मुख्य हतियार बन्दै आएको बलिङमा चाँही अपेक्षित सुधार देखिएको छैन ।’

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एवं एसियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष राजवंशी १० वर्षअघि र अहिले नेपालले बनाउने योगफल तथा चौका र छक्काको संख्याले नेपाल ट्वान्टी-२० क्रिकेटको ट्रेण्डसँग जम्दै गएको तर्क गर्छन ।

‘विश्वकपमा खेल्नु नै हाम्रा लागि अहिले ठूलो कुरा हो । त्यसमाथि यसपाली हामीले तीन वटा टेस्ट राष्ट्रको सामना गर्नुछ । तर जसरी हाम्रा खेलाडीहरु ट्वान्टी-२० को आक्रामक स्वभावसँग अभ्यस्त भइरहेका छन्, त्यसबाट सनसनीपूर्ण नतिजा आशा गर्न सकिन्छ,’ राजवंशी भन्छन्, ‘विश्वकपकै सबभन्दा युवा टिम भएकाले हाम्रो भविश्य सुखद छ भन्ने पनि देखिन्छ । यसबाट अबका दिनमा कम्तिमा विश्वकप खेल्ने उपलब्धिले निरन्तरता पाउने आशा गर्न सकिन्छ । निरन्तर खेलिरहन पायो भने जित पनि असम्भव त नहोला नी !’