चैत्र १८, २०८२ बुधबार | १४:०६:१०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एस कप बास्केटबलः एडुक्रोप र टिम दिब्य च्याम्पियन

काठमाडौं। एडुक्रोप र टिम दिब्य एस कप प्लस टु ‘थ्री एक्स थ्री ’ बास्केटबल प्रतियोगिताको च्यामिपयन बनेका छन् । शुक्रबार एडुक्रोपले ब्वाइज तथा दिब्यले गर्ल्सको उपाधि जिते ।

सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२-२० ले पराजित गर्यो ।

निर्धारित समय २०-२० को बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयमा लम्किएको थियो । अत्तिरिक्त समयमा पहिला दुई स्कोर गर्ने टिम विजयी हुने नियम छ ।

एडुक्रोपका सन्देश खड्का र काल्साङ शेर्पाले समान एक स्कोर गर्दै टोलीलाई च्याम्पियन बनाए । एडुक्रोपका उर्गेन लामाले सर्वाधिक १४ अंक जोडे ।

उर्गेन र विनामनी

गर्ल्सको उपाधि भिडन्तमा टिम दिब्यले बलर्स एकेडेमीलाई ८-५ ले हरायो । विजयी टिमका लागि विनामनी योञ्जनले चार स्कोर गरिन् ।

ब्वाइज/गर्ल्स दुवतर्फका विजेता १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे ।

फाइनलका सर्वाधिक स्कोरकर्ता उर्गेन र विनामनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले बुद्ध एयरको माउन्टेन फ्लाइट र झमेल बिट्सको ३ हजार बराबरको कुपन प्राप्त गरे ।

तीन दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टोलीले सहभागिता जनाएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो