१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः कुस्तीमा सुवाङ्गीको यात्रा पहिलो चरणमै सिमित

फाइल फोटो

काठमाडौं चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पहिलो चरणबाटै बाहिरिएकी छन्  ।

लिनान स्पोर्टस कल्चर एन्ड एक्जिबिसन सेन्टरमा बिहीबार भएको महिला ५७ केजी ताैल समूहकाे पहिलो चरणमा सुवाङ्गी थाइल्यान्डकी श्रृपारासँग ८-० ले पराजित भइन् ।

पहिलो राउन्डमा श्रृपाराले ८-० अंक जोड्दा दोश्रो राउन्डमा दुवैले अंक बटुल्न सकेनन् ।