ब्राइट फ्युचर कप

आयोजक ब्राइट फ्युचरको विजयी सुरुआत

काठमाडौं । आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।

 नैकपास्थित आफ्नै मैदानमा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो  । ब्राइट फ्युचर मावि प्लस टु विभागद्धरा आयोजित प्रतियोगिताका अन्य खेलमा डाइमन्डले एलआरआइएलाई ४-०, धु्रव तारा स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई ६-०, नेरिक एकेडेमीले सनसाइनलाई ७-०, नेपाल तारा स्कुलले सेन्ट्रल हाइ स्कुललाई ५-० र ग्रिन भिलेजले सेन्ट लरेन्सलाई १-० ले पराजित गरे ।

यसैगरी श्री सञ्जय साइ विद्या मन्दिरले न्यु डायमन्डलाई २-१, भक्ती इन्टरनेसनल स्कुलले मिनिल्यान्डलाई ५-०, ब्राइट होराइजनले एआई स्कुललाई ६-३, पद्मोदयले मोडेललाई ८-०, पिनाकलले श्री मंगललाई ४-०, क्यामेलियाले समृद्धिलाई ३-०, तिरुपतिले जेसेसलाई ९-२, प्रिमियरले महांकाल जनजागृतिलाई ७-३ र बालवाटिकाले वेस्ट प्वाइन्टलाई ५-१ ले हराए । 

प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य पुरुषोत्तम थापाले उद्घाटन गरे । नकआउट प्रतियोगितामा ३० टोली सहभागी छन् ।