चैत्र १८, २०८२ बुधबार | १२:२२:२६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रारा म्याराथन यही बैशाख अन्तिममा

काठमाडौं । रारा म्याराथन यही बैशाखको अन्त्यमा हुने भएको छ । आयोजक अन्तरालले बुधबार एक विज्ञप्तिमार्फत जनाएअनुसार सुन्दर ताल रारामा म्याराथन यही बैशाख २२ गते हुनेछ । मुगुको प्रख्यात रारा तालबाट सुरु हुने म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ । 

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन् । म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदैं चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ । 

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ । यस म्याराथनको महत्वपुर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरु ताल वरीपरी घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ । यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ । 

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ,’ म्याराथनका अध्यक्ष, 'अन्तरालका टिम लिडर जयनारायण शाहले भने, ‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’ 

रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृधि गर्ने अपेक्षा छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ,’ सांसद शाहीले भने, ‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’ 

रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा विशेष जोड दिनेछ । यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिँदा कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ । 

कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुनेछ । युवा खेलाडीहरुलाई १ हप्ताको विशेष ओरियन्टेशनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ । यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम १ साता अघि नै मुगु पुगिसक्नेछ । रारा म्याराथनमा धाविका मीरा राईको अगुवाईमा संचालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ । 

इनिसीयटिभले `स्तुपा टु स्तुपा´ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरुलाई काठमाडौं लगेर दौड, क्षमता अभिवृधि अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा संचालन गर्दै आएको छ ।

‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन,’ शाहले भने, ‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ 

सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दुत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन्, `म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछुँ ।’ 

विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहित भएको बताउँदैं राईले थपिन् `म मुगुका किशोरीहरुमा थुप्रै मीरा खोज्नेछु ।’ 

‘पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण शुरु गरिनेछ,’ सांसद शाहीले भने, ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ । रारा म्याराथनले विकट कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्नेछैन । यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिनेछ ।’ 

कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ,' सदस्यसचिव सञ्ज्यालले भने, `रारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद आतुर छ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो