माघ १७, २०८२ शनिबार | १८:१०:३७
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

रारा म्याराथन यही बैशाख अन्तिममा

काठमाडौं । रारा म्याराथन यही बैशाखको अन्त्यमा हुने भएको छ । आयोजक अन्तरालले बुधबार एक विज्ञप्तिमार्फत जनाएअनुसार सुन्दर ताल रारामा म्याराथन यही बैशाख २२ गते हुनेछ । मुगुको प्रख्यात रारा तालबाट सुरु हुने म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ । 

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन् । म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदैं चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ । 

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ । यस म्याराथनको महत्वपुर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरु ताल वरीपरी घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ । यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ । 

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ,’ म्याराथनका अध्यक्ष, 'अन्तरालका टिम लिडर जयनारायण शाहले भने, ‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’ 

रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृधि गर्ने अपेक्षा छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ,’ सांसद शाहीले भने, ‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’ 

रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा विशेष जोड दिनेछ । यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिँदा कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ । 

कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुनेछ । युवा खेलाडीहरुलाई १ हप्ताको विशेष ओरियन्टेशनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ । यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम १ साता अघि नै मुगु पुगिसक्नेछ । रारा म्याराथनमा धाविका मीरा राईको अगुवाईमा संचालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ । 

इनिसीयटिभले `स्तुपा टु स्तुपा´ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरुलाई काठमाडौं लगेर दौड, क्षमता अभिवृधि अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा संचालन गर्दै आएको छ ।

‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन,’ शाहले भने, ‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ 

सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दुत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन्, `म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछुँ ।’ 

विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहित भएको बताउँदैं राईले थपिन् `म मुगुका किशोरीहरुमा थुप्रै मीरा खोज्नेछु ।’ 

‘पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण शुरु गरिनेछ,’ सांसद शाहीले भने, ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ । रारा म्याराथनले विकट कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्नेछैन । यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिनेछ ।’ 

कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ,' सदस्यसचिव सञ्ज्यालले भने, `रारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद आतुर छ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।