गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता

गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्कीः सुदूरपश्चिम र पुसिसको जित

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा जित निकालेका छन् ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी तथा पुलिसले कर्णाली प्रदेशलाई पराजित गरेका हुन् ।

सुदूरपश्चिमले केशीलाई ३-१ ले पराजित गरेको हो । विजेता टोलीका लागि कमहेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका विशु घिमिरेले एक गोल फर्काए ।

पुलिसले कर्णालीलाई ७-० ले हरायो । पुलिसका लागि रोहित लामाले दुई तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल राणाले समान एक गोल गरे ।