डब्ल्युबिसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार हुने

काठमाडौं । डब्ल्युबिसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ ।

मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबिसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २० भन्दा बढी जिल्ला सहभागी हुने प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ ।

रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा गर्नेछन् । दुवैले नवौं राष्ट्रिय खेलकुदमा क्विकोशिन कराँतेबाट स्वर्ण पदक जितेका थिए ।

सुपर लाइट वेट डिभिजनमा भारतीय खेलाडी लव कुमार र नेपालका विकाश गुरुङले प्रतिस्पर्धा गर्नेछन् । अर्को सुपर फ्लाई वेट डिभिजनमा रोशन घले र सन्दिप काप्री, सुपर बान्तम वेटमा अमृत गुरुङ र अनिश रेग्मी, फिदर वेट डिभिजनमा प्रशान्त तामाङ र प्रिन्स गुरुङ, युथ कार्डिट डिभिजनमा रतिम महर्जन र जेन्जी राई भिड्नेछन् ।

यसैगरी फ्लाई वेट डिभिजनमा रेजिना विष्ट र सुश्मा चौधरी, सुपर लाईट वेटमा मिलन तामाङ र रोजित कायत, सुपर लाईट वेटमा छिरिङ पाल्देङ शेर्पा र आयुश गुरुङ र सुपर फिदर वेटमा सन्तोष लामा र ज्ञानेन्द्र सिंह आमने सामने हुनेछन् ।

शेर्पा आउटडोरको केटिएम सिटी मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखराको प्रर्दशन केन्द्रमा हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीको सम्पुर्ण खेलाडीको अपेरियल केटिएम सिटीले उपलब्ध गराएको छ ।