बलियो नेपाल कप यु-१९ क्रिकेट प्रतियोगिता

बलियो नेपाल कपः एक्सीलेन्स र स्टार विजयी

काठमाडौं । पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर र स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप यु-१९ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा जित निकालेकालेका छन् । 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा एक्सीलेन्सले इलाम क्रिकेट एकेडेमी तथा तथा स्टारले जनकपुर क्रिकेट एकेडेमीलाई पराजित गरेका हुन् ।

एक्सिलेन्सले इलाममाथि ९७ रनको फाकिलो जित निकल्यो । एक्सीलेन्सले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पछ्याएको इलामले २० ओभरमा आठ विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो ।

इलामका लागि दीपुकुमार भुजेल २० र अभी लिम्बुले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एक्सीलेन्सका लागि विपीन न्यौपानेले तीन, करण जिएमले दुई तथा दयानन्द यादव र सुमन बुढा मगरले सामान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको एक्सीलेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पारेको थियो ।

एक्सीलेन्सका लागि  रोशन साउदले ५४ बलमा पाँच चौका र चार छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए । यसैगरी प्रशान्त पण्डितले ३७, स्मिथ बुढाले १८ र संगम विष्टले अविजित १३ रन जोडे ।

इलामका लागि सगुन खत्रीले दुई तथा दिग्यन कार्की र दीपुकुमार भुजेलले समान एक विकेट लिए ।

यसैगरी स्टारले जुनकपुरमाथि ४३ रनको जित निकाल्यो । स्टारले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभरमा ९२ रनमै समेटियो ।  

जनकपुरका लागि साज यादवले १९, रोशन यादवले अविजित ११ र अमन ठाकुरले १० रन बनाउन् बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्टारका लागि सुमित पराजुलीले चार, सन्तोष यादव र सुभम खनालले समान दुई तथा विप्रासन केसी र सुरज खड्काले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्टारले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल तयार पारेको थियो ।

स्टारका लागि विशाल भुसालले अविजित ४५, अमर मिश्रले ३६ र सुमित पराजुलीले १६ रन बनाए ।

जनकपुरका लागि अखिल श्रवनले तीन, रोहन यादवले दुई तथा रोशन यादव र मनिष कपुरले समान एक विकेट लिए ।