रेस्लिङ

युनियनको भक्तपुरको नेतृत्वमा रेस्लर

काठमाडौं । रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा ७ सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको शनिबार गठन भएको छ ।

जी फन्टका अध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठ, स्पोर्ट्स युनियन नेपालका केन्द्रीय अध्यक्ष प्रदेश सांसद् सीता लामा, केन्द्रीय महासचिव सुदीप शर्मालगायतको उपस्थितिमा भएको भेलाले भगवतीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

युनियनको उपाध्यक्षमा क्रिकेटका सुसन श्रेष्ठ, सचिवमा क्रिकेटका पवन पौडेल र कोषाध्यक्षमा क्रिकेटका सञ्जय बस्नेत तथा सदस्यमा करातेका श्रीकिसुन साह, क्रिकेटका सुरजरत्न शाक्य र करातेका हीरा तामाङ चयन भए ।

भक्तपुरअघि ६ जिल्लामा युनियन गठन भइसकेको अध्यक्ष लामाले जानकारी दिइन् । यसअघि मकवानपुर, उदयपुर, ललितपुर, काठमाडौं र रुपन्देहीमा युनियनको कार्यसमिति गठन भइसकेको छ । युनियनले खेलाडीको श्रम सम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर काम गर्ने बताइएको छ ।