एसइइ कप

प्रिमियर क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइइ कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबारको खेलमा प्रिमियरले अक्षरालाई २-० गोलले पराजित गर्यो । यस्तै, स्वस्तिश्री गुरुकुल पनि क्वार्टरफाइनलमा पुग्यो ।

त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रि-क्वार्टरफाइनलमा पुगे ।

बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआईएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् ।

फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोश्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।