एनएसजेफ स्पाेर्टस अवार्ड

‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७’ लाई नबिल बैंकको सह–प्रायोजन

काठमाडौैं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल बैंकका मर्चेन्ट बैंकिङ तथा बिजनेश प्रमोसन प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे । १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड यही चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सह–प्रायोजक बनेवापत नबिल ब‌ैंकले अवार्डलाई लगानी ब्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।

सम्झौता कार्यक्रममा बैंकका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चिच संस्था नबिल बैंकलाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सह–प्रायोजन गरेकोमा प्रमुख कँडेलप्रति धन्यवाद व्यक्त गरे ।

स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।