एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज (बुधबार) बस्दैछ ।

कार्यसमितिको बैठक दिउँसो ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्दैछ । कार्यसमिति सदस्यलाई बैठकका लागि काटिएको पत्रमा एन्फा चुनावी एजेन्डमात्रै समावेश छ । तर, उपाध्यक्ष वीरबहादुर खड्कासहित चार पदाधिकारीले आसन्न बैठकमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सम्बन्धी एजेन्डा थप्न माग गरेका छन् ।

पछिल्लो समय सहिद स्मारक ए डिभिजन लिगका क्लबहरूले एन्फासँग एनएसएलकाे आधिकारिक धारणा माग गरेको सन्दर्भमा यो विषयलाई छलफलमा समावेश गर्न उपाध्यक्ष खड्कासहित, उपाध्यक्ष कृष्ण थापा सदस्यहरू दिनेश व्यञ्जनकार र विजय घलेले निवेदन दिएका हुन् ।