च्याम्पियन्स लिग

युनाइटेडविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनः सिमोन

मड्रिड । मुख्य प्रशिक्षक डियागो सिमोनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्ध एथ्लेटिको मड्रिडले अहिलेसम्मकै उत्कृष्ट टिम प्रदर्शन गरेको बताएका छन् ।

स्पेनिस ला लिगाको उपाधि रक्षाका लागि सघर्षरत एथ्लेटिको शीर्ष स्थानको रियाल मड्रिडभन्दा १५ अंकले पछि तालिकाको चौथो स्थानमा छ ।

यद्यपि, च्यापियन्स लिगअन्तर्ग प्रि–क्वार्टरफाइलनको दोस्रो लेगमा इङ्लिस क्लबमाथि १–० को जित निकालेसँगै एथ्लेटिकोले प्रतियोतिगाको क्वार्टरफाइलनमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । पहिलो लेगमा १–१ को बराबरी खेलेको एथ्लेटिकोले युनाइटेडविरुद्ध समग्रमा २–१ को जित निकाल्यो ।

‘म निकै खुसी छु, खेलाडीहरुको कठिन मेहनतका कारण आज हामी यो स्थानमा पुग्न सफल भएका छौं,’ सिमोनले भने, ‘हामी प्रतिस्पर्धात्मक थियौं र टोलीले डिफेन्सिभ खेल्न कुनै हिचकिचाहट गरेन । पहिलो हाफको गोलले हामीलाई खेलमा अघि राख्यो र दोस्रो हाफमा टोलीले निकै राम्रो टिम प्रदर्शन प्रस्तुत गरे ।’

युनाइटेडविरुद्ध रेनान लोडीले ४१औं मिनेटमा निर्णायक गोल गरेसँगै एथ्लेटिकोले अन्तिम आठमा स्थान पक्का गरेको थियो ।