आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

नेपाललाई दोस्राे सफलता

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध दोस्रो विकेट हात पारेको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पिएजनीका लेगा सिएका ३३ बलमा २५ रन बनाई पभेलियन फर्किए । उनलाई कप्तान सन्दीप लामिछानेले १२.६ ओभरमा बोल्ड गरे ।

अहिले पिएनजी १३.१ ओभरमा दुई विकेटको क्षतीमा ५६ रनमा बनाएर खेलिरहेको छ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौं स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन । 

त्यस्तै, युएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौ स्थानमा छ ।