एएफसी

शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्षमा निर्वाचित

काठमाडौं । शेख सलमान विन अब्राहिम अल खालिफा एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा पुनः  निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार सम्पन्न एएफसीको ३३ औं चुनावी कंग्रेसबाट शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् । शेख  सलमान सन् २०२७ सम्म अध्यक्ष रहने छन् । 

बहराइनका शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन् ।  शेख सलमान सन् २०१३ देखि एएफसीको अध्यक्षका रुपमा छन् ।