मछिन्द्र फुटबल क्लब

विजयले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको साबिकको विजेता मछिन्द्र फुटबल क्लबले स्ट्राइकर विजय भुजेललाई अनुबन्धन गरेको छ ।

मछिन्द्रले बुधबार सामाजिक संजाल फेसबुकमार्फत अनुबन्ध गरेको जानकारी दिएको हो ।

सहिद स्मारक ए डिभिजन लिग नजिकिँदै जाँदा क्लबले खेलाडी अनुबन्धनलाई तीव्रता दिइरहेको छ ।

विजयले गत सिजन थ्री स्टारबाट शीर्ष डिभिजन लिग खेलेका थिए ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्रले फागुन २१ मा जावलाखेल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

यस अघि मछिन्द्रले स्ट्राइकर सौरभ लिम्बु, मिडफिल्डर पुजन उपरकोटी, रक्षक निसेन सुब्बा र प्रशान्त अवस्थीलाई अनुबन्ध गर्दा स्ट्राइकर अविशेक गुरुङ, राष्ट्रिय टोलीका रक्षक देवेन्द्र तामाङ, स्ट्राइकर विमल घर्ति मगर र मिडफिल्डर सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरेको थियो ।