भलिबल

काभा महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं ।  काभा महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता नेपालमा हुने तय भइसकेकाले राष्ट्रिय खेलकुल परिषद् (राखेप) सँग स्विकृती मागेको बताएका छन् ।

‘काभाले प्रतियोगिता नेपालमा गर्ने निर्णय गरिसकेको छ, त्यसैले हामाले राखेपसँग स्विकृती मागेका छौं,’ चन्दले भने‘ राखेपबाट स्विकृती पाए हामी प्रतियोगिता गर्नेछौं ।

आगमी मे २० देखि ३० सम्म हुने प्रतियोगितामा आयोजक नेपाल सहित १० टोलीको सहभमगिता रहनेछ । 

 प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, भुटान, अफगानिस्तान, श्रीलंका, ताजकिस्तान, मल्दिभ्स, र्किगिस्तान, बंगलादेश र तुर्केेमेनिस्तानको सहभागिता पक्का भएको हो ।