एन्टर मिलान

इन्टरको लक्ष्य कोपा इटालियाको उपाधिः इन्जाघी

मिलान । सिरी ए काे क्लब एन्टर मिलानका  प्रशिक्षक सिमोन इन्जाघीले अबकाे लक्ष्य कोपा इटालियाको  उपाधि जित्नु रहेको बताएका छन् ।

  इन्टरले  कोपा इटालियाको क्वाटर फाइनलमा मंगलबार राति सान सिरोमा एटलान्टालाई १-० ले पराजित गरेको थियो । यो जितसँगै इन्टरले लगातार चौथो पटक  काेपा इटालियकाे सेमिफाइनलमा स्थान बनाएको हाे । 
 ‘महत्वपुर्ण खेलमा हामीले राम्रो गयौँ,’ इन्जाघीलेभने,‘हामी जसरी भए पनि सेमिफाइनल पुग्न चाहन्थ्याैं । यो रात सबैको लागि राम्रो साबित भयो । यसले हामीलाई इटालिको टोली हौँ भन्दा गर्ब महसुस गराउँछ । अब हाम्रो लक्ष्य उपाधिफाइनल पुग्दै उपाधि जित्नु हुनेछ ।  ’
 

 इन्टरको कोपा इटालिया, च्याम्पियनस लिग र सिरी ए को उपाधिका लागि सम्भावना कायमै छ । शिर्ष स्थानमा रहेको नापोली लयमा नरहेको मौकाको फाइदा उठाउनेमा इन्जाघी विश्वस्त छन् । नापोलीले इन्टरसँग १३ अंकको स्पष्ट अग्रता बनाएको छ ।

‘लिगमा हामी अन्य टोलि सरह नै पछाडी छौँ’,इन्जाघीले भने,‘हामीले केहि गल्ती गर्न पुग्यौँ । मैले अरु लिग पनि हेरे । बुन्डेस लिगामा बार्यनको अंक पनि कम छ । हामीले नापोलीले अहिलेसम्म गरेको प्रर्दशनको तारिफ गर्नुपर्छ ।’