नेपाल क्रिकेट संघ

केन्द्रिय सम्झौतामा रहने खेलाडीको ग्रेड सार्वजनिक

फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतमा रहने खेलाडीको  ग्रेड सार्वजनिक गरेको छ ।

पोखरामा सम्पन्न क्यान बोर्ड बैठकले पारित गरेपछि बुधबार खेलाडीको ग्रेड  सार्वजनिक गरिएको हो । 
 

क्यानले पुरुषतर्फ ए ग्रेडमा पाँच, बी ग्रेडमा तीन तथा सी गे्रडमा १० खेलाडीलाई समावेश गरेको छ ।

कप्तान रोहितकुमार पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र आशिफ शेख ए ग्रेडमा अटाउँदा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेद र कुशल भुर्तेल बी ग्रेडमा परेका छन् ।

यसैगरी सी ग्रेडमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, देव खनाल, सागर ढकाल, कुशल मल्ल र विवेक यादव छन् । 
 

यस्तै क्यानले महिलातर्फ  ए र बी ग्रेडमा समान तीन तथा सी ग्रेडमा ६ खेलाडीलाई समावेश गरेको छ । 


कप्तान रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा एक तथा काजोल श्रेष्ठ, अस्मिना कर्माचार्य   र कविता कुँवर ग्रेड बीमा अटाएका छन्  ।

कविता जोशी, विन्दु रावल,ज्योति पाण्डे, अप्सरी बेगम, ममता चौधरी र संगिता राई सी ग्रेडमा परेका छन् ।

खेलाडीलाई २०२३ को जनवरी देखि जुनसम्म ६ महिनाका लागि केन्द्रिय सम्झौतामा राखिएको हो ।

पुरुषतर्फ ए ग्रेडका खेलाडीले मासिक ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रूपैयाँ  प्राप्त गर्नेछन् । महिलातर्फ ए ग्रेडका खेलाडीले मासिक २१, बी ग्रेडका खेलाडीले १८ र सी ग्रेडका खेलाडीले १५ हजार रूपैयाँ  पाउनेछन् ।

क्यान बोर्ड बैठकले यो बाहेक पनि निम्तलिखित निर्णय गरेको छ ।