आइ लिग

अञ्जनको डेब्यु खेलमा मुम्बई पराजित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टले डेब्यु गरेको खेलमा मुम्बई केन्क्रे पराजित भएको छ ।

मुम्बईले आइ लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा १० खेलाडीमा सिमित गोकुलम केरेला एफसीसँग १-० ले पराजित भएको हो ।

यस जितसँगै १३ खेलमा २४ अंक जोडेको गोकुलमा तेस्रो स्थान स्थानमा रहँदा पराजय ब्यहोरेको मुम्बई १४ खेलमा १३ अंकका साथ ११ औँ स्थानमा छ । मुम्बई रेलिगेसन क्षेत्रमा छ ।

घरेलु मैदान इएमएस स्टेडयिममा गोकुलमलाई जित दिलाउन सर्जियो मेन्डीगुटसियाले निर्णायक गोल गरेका थिए । उनले २१ औं मिनेटमा विकाश सिंह सैनीको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ५६ औं राहुल राजुले दोहोरो पेहेलो कार्ड ब्यहोर्दै मैदान बाहिरिँदा गोकुलम १० खेलाडीमा समेटिएको थियो । मुम्बईले त्यसको फाइदा उठाउन भने सकेन ।

लिगअन्तर्ग आइतबार नै सम्पन्न अर्को खेलमा आइजल एफसीले मोहम्मेदन  एससीलाई १-० ले पराजित गरेको छ ।  आइजललाई जित दिलाउन हेनरी किसेक्काले निर्णाय गोल गरेका थिए ।