क्रिकेट

विकास चम्किँदा मिथिला कपमा छिन्नमस्ताको रोमान्चक जित

  राजिवराज । सप्तरीको राजविराजमा जारी चौंथो संस्करणको मिथिला कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्टस एकेडेमी सप्तरीले रोमान्चक जित दर्ता गरेको छ।

बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेजको मैदानमा सम्पन्न खेलमा छिन्नमस्ताले बुस्टन क्रिकेट एकेडेमी झापालाई एक रनले पराजित गरेको हो ।

छिन्नमस्ताले प्रस्तुत गरेको एक ४१ रनको लक्ष्य पछ्याएको बुस्टनले  २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर एक सय ३९ रन बनायो।

बुस्टनका सुजन थपलियाले ७३ रन बनाए पनि  त्यो जितका लागि जित्न पर्याप्त रहेन। अभिषेक बस्नेतले १९ रन बनाए।

छिन्नमस्ताका  लागि विकास दासले पाँच तथा रेवती रायले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  छिन्नमस्ताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सया ४० रनको योगफल तयार पारेको थियो । छिन्नामस्ताका लागि सुमित श्रेष्ठ ले ४५ तथा रोहन बिकले २८ रन बनाए। 
बुस्टनका बिनित बास्तोला र कमल खत्रीले समान दुई विकेट लिए।

युवा शक्ति क्लबद्वारा आयोजित नक आउट प्रतियोगितामा १६ टोली सहभागि छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।