चेल्सी

लियोनका रक्षक गुस्टो चेल्सीमा अनुबन्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले मालो गुस्टोलाई अनुबन्ध गरेको छ ।

चेल्सीले ३५ मिलियन युरोमा गुस्टोलाई  फ्रेन्च क्लब लियोनबाट सन् २०३० सम्मका लागि अनुबन्ध गरेको हो ।

वर्षिय फ्रेन्च रक्षक गुस्टोले यस सिजन भने  लियोन बाटै खेल्नेछन् । सन् २०२१ को जनवरीमा गुस्टोले लियोनबाट डेब्यू खेल खेलेका थिए । उनले लिग फ्रेन्च वानमा १५ खेल खेलेका छन् ।

गुस्टो जनवरी ट्रान्सफरमा स्टामफोर्ड ब्रिज भित्रिने सातौं खेलाडी हुन् । यसअघि चेल्सीले बेनोइट बाडियाशिले, डेभिड डाट्रो फोफाना, जाओ फेलिक्स, एन्ड्रे सान्तोस, मिखाइलो मुड्रिक र नोनी माडुकेलाई अनुबन्ध गरेको थियो ।