leeds united

मेकेनी अनुबन्ध नजिक लिड्स

ट्युरिन । इङ्लिस प्रिमियर लिगकाे क्लब लिड्स युनाइटेड युभेन्ट्सका मिडफिल्डर वेस्टन मेकेनी अनुबन्ध नजिक पुगेको छ ।

रेलिगेसनबाट बच्न संघर्षरत लिड्स युनाइटेड र  युभेन्ट्सबीच बिहिबार सकारात्मक कुराकानी भएको थियो । लिड्सले मेकेनीले ३१ मिलियन पाउन्ड तिर्ने अनुमान गरिएको छ ।

मेकेनी २०२० देखि युभेन्ट्समा आबद्ध छन् । मेकेनी २०२० सेप्टेम्बरमा जर्मन क्लब साल्केबाट लोनमा इटाली पुगेका थिए । २०२१ जुलाईमा मेकेनीलाई इटालियन क्लबले स्थायी रुपमै अनुबन्धन गरेको थियो ।