माघ ६, २०८२ मंगलबार | ००:५२:०४
प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित
शनिबारको दिन नेपाली फुटबल

सानदार योजनासहित संकटाको यात्रा

काठमाडौं । नेपाली फुटबलमा अझ भनौं घरेलुमा फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)माथि सधैं लाग्ने गरेको एउटा ठूलो आरोप भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिग काठमाडौं उपत्यका केन्द्रित लिग भयो । लिगमा सहभागी १४ क्लबमध्ये तीन विभागीय क्लब छन् बाँकी क्लब भने काठमाडौं र ललितपुर जिल्लाका मात्र ।

यसबीच उपत्यकाबाहिरका केही क्लब ‘ए’ डिभिजनमा बढुवा नभएका होइनन् । तर उनीहरूले शीर्ष डिभिजमा आफ्नो हैसियत जोगाउन सकेनन् । यसरी हेर्दा नेपाली फुटबलको शीर्ष डिभिजन उपत्यकाकै क्लबमा निर्भर छ ।

संकटा ब्वाइज स्पोर्टस क्लब नेपाली शीर्ष डिभिजनमा संकटा क्लबको नामबाट परिचित छ । जसले नेपाली फुटबलमा व्यावसायिकता भित्र्याउने दौडमा उल्लेख्य योगदान दिएको छ । जसको चर्चा सन् १९८० को दशकमा निकै हुने गर्दथ्यो । १९८०, १९८३ र १९८५ गरी संकटाले लगातार तीन सिजन ‘ए’ डिभिजन लिगको उपाधि उचालेको थियो ।

त्यसयता भने संकटाले ‘ए’ डिभिजन लिग जित्न सकेको छैन । २०७५ सालमा लिग उपविजेता बन्नु संकटाका लागि लिगको पछिल्लो समयमा ठूलो उपलब्धि हो । तीन पटकको लिग विजेता संकटा यो नवौंपल्टको उपविजेता हो ।

‘ए’ डिभिजन लिगको मिति नजिकिँदै गर्दा लिग आयोजना हुने वा नहुने भन्ने दुविधा कायमै रहँदा लामो इतिहास बाकेको संकटा क्लबले उपाधि जित्ने लक्ष्यसहित खेलाडी सरुवा बजारमा आक्रामक सुरुआत गरिसकेको छ ।

पछिल्लो केही सिजन लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको संकटाले हालै मात्र राष्ट्रिय टोलीका साथै घरेलु लिगमा प्रभाव जमाइसकेका सुनील बल, मनिष डाँगी र आयुष घलानजस्ता युवा खेलाडीलाई अनुबन्ध गरेको थियो । सुनील र मनिषलाई लिग च्याम्पियन मछिन्द्रबाट अनुबन्ध गरेको संकटाले आयुषलाई भने थ्री स्टार क्लबबाट भित्र्याएको हो । त्यस्तै जावलाखेलका गोलकिपर टेकेन्द्र थापा र थ्री स्टारका रक्षक निशान्त खड्का पनि संकटामा अनुबन्ध भएका छन् ।

त्रिभुवन आर्मी क्लबका रक्षक गौतम श्रेष्ठ अनुबन्ध भए पनि केही साताअघि अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् । पछिल्लो दुई सिजन लगातार सातौं स्थानमा रहँदै सिजन अन्त्य गरेको संकटाले यस सिजन आफूलाई उपाधि दाबेदारको रूपमा उभ्याउने प्रस्ट संकेत गरिसकेको छ । अहिले खेलाडी अनुबन्ध र मोफसलका केही प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनले पनि संकटाले लिग केन्द्रित रहेर राम्रो तयारी गरिरहेको संकेत दिन्छ । पोखरामा आहा-रारा गोल्डकप विजेता संकटा बागमती गोल्डकपमा भने उपविजेता हुनपुग्यो । क्लबले उपाधि दाबेदारिता प्रस्तुत गर्नकै लागि प्रशिक्षक सल्यान खड्कीलाई समेत टोलीमा फिर्ता ल्याइसकेको छ । जसको प्रशिक्षणमा संकटाले २०७५ को लिगमा दोस्रो स्थानमा रहँदै सिजन अन्त्य गरेको थियो ।

हालै मात्र चौथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका इन्द्रमान तुलाधर टोलीको यसपालिको लक्ष्य शीर्ष तीन रहेको बताउँछन् । ‘यसअघि राष्ट्रिय लिग हुने कुुरा थियो । त्यसकारण हामीले शीर्ष ६ मा बस्न लक्ष्य लिएका थियौं,’ अध्यक्ष तुलाधरले भने, ‘तर अहिले राष्ट्रिय लिग नहुने निश्चित भइसकेको छ । लक्ष्य त च्याम्पियन बन्ने नै हो । हामी शीर्ष तीनमा रहनेगरी खेल्छौं । खेलाडी पनि त्यहीअनुसार अनुबन्ध गरेका छौं । प्रशिक्षकमा सल्यान फर्किएका छन् ।’

सुनील गत वर्ष लिगका उत्कृष्ट खेलाडी हुन् । उनको कप्तानीमा टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्नेमा क्लब अध्यक्ष विश्वस्त छन् । उनले आयुष, मनिष, निशान्त र टेकेन्द्रले पनि प्रभावशाली प्रदर्शन गर्नमा सक्षम देखेका छन् । ‘हामी लागातर दुई वटा मोसफलका प्रतियोगिताको फाइनल पुगेका छौं । एउटामा विजेता भयौं भने अर्काेमा उपविजता । यसले पनि टोलीको मनोबल बढाएको छ,’ अध्यक्ष तुलाधर आशावादी देखिए ।

संकटा टोली हाल राजर्षि जनक गोल्डकपमा प्रतिस्पर्धा गरिरहेको छ । माघ ५ देखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण सुरु गरिएको अध्यक्षले बताए । ‘हामीसँग अभ्यासका लागि साँगामा आफ्नै मैदान छ । हामी खेलाडीलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराउने छौं,’ उनले भने, ‘हामीले खेलाडीको सेवासुविधामा केही कमी महसुस गर्न दिएका छैनौं । नाडासँगको सहकार्यमा खेलाडीका लागि नियमित फिटनेससमेत व्यवस्था गर्नेछौं । खेलाडी फिट रहनुले टोलीको नतिजामा धेरै प्रभाव पार्छ ।’ 

अन्य क्लबजस्तै खेलाडी विदेसिने समस्याबाट आफ्नो क्लब पनि प्रभावित भएको अध्यक्षको तर्क छ । ‘गौतम (श्रेष्ठ)लाई अनुबन्ध गरेका थियौं तर उनी अस्ट्रेलिया गए । अर्काे एकजना खेलाडीको पनि भिसा आइसकेको भन्ने सुनेका छौं,’ अध्यक्ष तुलाधरले सुनाए, ‘तर गौतमले लिगमा फर्कने वाचा गरेका छन् ।’

धेरै नेपाली खेलाडी खेल्न गइरहेको मेलबर्नको युनाइटेड एफसीसँग सम्झौता गर्ने तयारी भइरहेको अध्यक्ष तुलाधरले बताए । भने, ‘छलफल जारी छ । त्यो सम्झौता भएको खण्डमा नेपाली खेलाडीले त्यहाँ अवसर पाउनेछन् र लिगका लागि नेपाली खेलाडी स्वदेश फर्कने वातावरण बन्नेछ । उनीहरूका खेलाडीलाई पनि यहाँ लिग खेल्ने वातावरण हुनेछ । यो नेपाली फुटबलकै लागि विशेष क्षण हुनेछ ।’

स्थानीयहरूको सहयोग नै क्लब सफलताको कारक भएको ठान्छन् उनी । भन्छन्, ‘हामीलाई सदैव स्थानीयको साथ रहँदै आएको छ । उहाँहरूकै साथ र सहयोगमा हामी अघि बढिरहेका छौं । आहा-रारा गोल्डकप फाइनलमा क्लबको समर्थन गर्न काठमाडौंबाट २ सयभन्दा बढी समर्थक पोखरा जानुभएको थियो । त्यसले टोलीको मनोबल बढायो । लिगका दौरान पनि मैदानमा मौलिक परम्परा झल्काउने बाजासहित उपस्थित भएर हाम्रो हौसला बढाइरहनुभएको छ । यसका लागि सबैलाई विशेष धन्यवाद भन्न चाहन्छु ।’

एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले विभिन्न विद्यालयसँगको सहकार्यमा क्लबको एकेडेमी सञ्चालन गराएको र त्यसलाई वर्तमान एन्फा नेतृत्वले पनि निरन्तरता दिनुपर्ने उनले सुझाए । उनले भने, ‘हामीसँग खेलाडीको निकै कमी छ, एकेडेमीलाई राम्रोसँग सञ्चालन गर्न सके त्यसले ठूलो राहत प्रदान गर्र्नेछ । साथै उमेर समूहको टोली निर्माणमा पनि खुला छनोट गरिरहनुपर्ने बाध्यता हट्ने छ ।’