युभेन्ट्स

युभेन्ट्सलाई एफआइजिसीको कारबाही

काठमाडाैं । इटालियन फुटबल महासंघ (एफआइजिसी) ले  इटालियन सिरी ए लिगको क्लब  युभेन्ट्सलाई कारबाही गरेको छ ।

एफआइजिसीले कारबाही स्वरूप लिगमा युभेन्ट्सको १५ अंक कटौती गरेको हो ।

अंक कटौती भएपछि युभेन्ट्स लिगको १० औं स्थानमा झरेको छ । यस अघि युभेन्ट्स तेस्रो स्थानमा थियो ।

ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही गरिएको हो ।

युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको बताईएको छ । विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआइजिसीले जनाएको छ ।

युभेन्ट्सले  एफआइजिसीको यो निर्णयविरुद्ध अपील गर्ने जनाएको छ ।