अस्ट्रेलियन ओपन

सावालेन्का चौथो चरणमा

काठमाडौं । बोलारुसी खेलाडी आयना सावालेन्का  वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् ।

सावालेन्काले तेस्रो चरण अन्तर्गत शनिबार सम्पन्न खेलमा बेल्जियमकी एलिस मार्टिन्सलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित मार्ग्रेट कोर्ट एरिनामा सावालेन्काले खेल ६-२ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

सावालेन्काले अमेरिकी खेलाडी शेल्बी रोजर्सलाई ६-३ र ६-१ तथा मार्टिनले स्पेनकी गार्बिनी मुगुरुजालाई ३-६,७-६(७-३) र ६-१ ले पराजित गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेका थिए ।

सावालेन्काले चौथो चरणमा स्विस खेलाडी बिलिन्डा बेनसिचको समान गर्ने छिन् । बेनसिचले  इटालीकी क्यामिला जियोर्जीलाई ६-३ र ७-५ ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएकी हुन् ।