फुटबल

म्यानचेस्टर सिटी विश्वकै धनी क्लब

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटी कमाई को हिसावमा विश्वको सबैभन्दा धनी क्लब बनेको छ । अन्तर्राष्ट्रिय अडिटिङ एजेन्सी डेलोइटले गरेको विश्लेषणअनुसार सिटी सात सय ३१ मिलियन युरो कमाइ गर्दै शीर्ष स्थानमा रहेको हो ।

दोस्रो स्थानमा रहेको स्पेनिस क्लब रियाल मड्रिडको सात सय १३.८ मिलियन कमाइ   छ।  लिभरपुल (७०१.८), म्यानचेस्टर युनाइटेड(६८८.६), पेरिस सेन्ट जर्मन(पिएसजी)(६५४.२), बायर्न म्युनिख(६५३.६), बार्सिलोना (६३८.२), चेल्सी (५६८.२), टोटनहम (५२३) र आर्सनल (५३३.५) मिलियन युरो कमाइका साथ क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् ।

यसैगरी युभेन्टस, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, इन्टर मिलान, वेस्टह्याम युनाइटेड, एसी मिलान लेस्टर सिटी, लिड्स युनाइटेड, एभर्टन र न्युकासल युनाइटेड शीर्ष २० भित्र अटाएका छन् । 

विश्वका शीर्ष २० धनी क्लबमध्ये ११ वटा इङ्लिस प्रिमियर लिग खेल्ने क्लब छन् । अध्ययनको २६ वर्षको इतिहासमा आधाभन्दा बढी क्लबहरु एउटै लिगबाट परेको यो पहिलोपल्ट हो ।

यसैयरी स्पेनिस ला लिगाका तीन, जर्मन बुन्डेसलिगाका दुई, इटालियन सिरी ए का चार र फ्रेन्च लिग वानको एक टोली शीर्ष २० भित्र छन् ।