बायर्न म्युनिख

सोमरलाई भित्र्याउन नागेल्सम्यान आतुर

काठमाडौं । जर्मन बुन्डेस लिगको क्लब बायर्न म्युनिखका प्रशिक्षक जुलियन नागेल्सम्यानले गोलरक्षक यान सोमरलाई टोलीमा भित्रुयाउन आतुर रहेको बताएका छन् । 
टोलीका कप्तान तथा गोलकिपर म्यानुयल नुयुरले चोटका काराण सिजनका बाँकी खेल गुमाउने भएपछि बार्यन नयाँ गोलकिपरको खोजिमा थियो ।

बर्यन नुयुरको विकल्पका  रुपमा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया मोन्चेनगाल्डवाखका स्विस गोलरक्षक सोमरलाई भित्र्याउन सहमत भइसेको छ । मैखिक रुपमा सहमती भए पनि कागजी प्रक्रिया भने पूरा हुन बाँकी छ ।  
बायर्नमा अहिले अनुभबी गोलरक्षकका रुपमा स्वेन उलरिच मात्र छन् । क्लबले मोनाकोमा लोनमा खेलिरहेका २६ वर्षिय गोलरक्षक एलेक्सजेन्डर नुबेललाई पनि फिर्ता बोलाएको छ ।

प्रशिक्षक नागेल्सले टोलीमा अनुभवी गोलरक्षक भित्र्याउने जिम्मेवारी आफ्नो भएको बताएका थिए त्यसैले पनि उनी चाँडो भन्दा चाँडो सोमर अनुबन्ध प्रक्रिाया पूरा होस् भन्ने चाहन्छन् ।

बायर्नका प्रमख कार्याकारी ओभिर काहनले पनि सोमरसँगको छलफल अघि बढिरहेको र केहि दिनमा कागजी प्रक्रिया पूरा हुने बताएका छन् ।

‘म लामो समय देखि प्रशिक्षकका रुपमा काम गर्दै आएको छु र मलाई थाहा खेलाडी अन्बन्ध गर्न त्यती सहज छैन’,नागेल्सम्यानले भने,‘यस प्रक्रियामा दुई भन्दा बढी पक्षलाई सन्तुष्ट बनाउनु पर्छ । चाँडो भन्दा चाँडो खेलाडी अनुबन्धको प्रक्रिया पूरा होस् भन्ने चाहन्छु, ताकी यसले चलिहरकेको खेलमा कुनै असर नगरोस् ।’

 बायर्न आठ मिलियन पाउन्डमा सोमर भित्र्याउन सहमत भएको हो ।  सन् २०१४ मा मोन्चेनग्लाडवाख अनुबन्ध भएका सोमरले क्लबका लागि दुई सय ७२ खेल खेलका छन् ।