एफसी खुमलटार

खुमलटारका चार खेलाडी रिलिज

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले चार खेलाडीलाई रिलिज गरेको छ ।

खुमलटारले  बिहिबार एक विज्ञप्ति निकाल्दै चार खेलाडी रिलिज गरिएको जनाएको हो ।

खुमलटारले आशिष श्रेष्ठ, आशिष सुनाम, दिवस छन्त्याल र अजित लामालाई रिलिज गरेको हो । खुमलटार बी डिभिजन लिगबाट शीर्ष डिभिजनमा बढुवा हुँदा उनीहरु टोलीमा  थिए।

यसअघि खुमलटारले चार खेलाडीको सम्झौता नविकरण गर्दा शिशिर लेखी, विशाल बस्नेत, मेसौके ओलोमोउ, स्टेफन बिनोङ, थियोफिलस एपो, जया गुरुङ, देव लिम्बु, चाङ थेबे, नितिन थापा, राजिव लोप्चन, मनिष थापा, रोहित सुब्बा, पदम भट्टराई, श्याम मुर्मुर र एन्जल गुरुङलाई अनुबन्ध थियो ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । खुमलटारको प्रशिक्षण यम प्रसाद गुरुङले सम्हाल्नेछन् ।