अस्ट्रेलियन ओपन

सावालेन्का तेस्रो चरणमा

काठमाडौं । बोलारुसी खेलाडी आयना सावालेन्का अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

सावालेन्काले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा अमेरिकी खेलाडी शेल्बी रोजर्सलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा सावालेन्काले खेल ६-३ र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

सावालेन्का चेक रिपब्लिककी टेरेजा मार्टिनकोभालाई ६-१ र ६-४ तथा रोजर्स डच खेलाडी एरियन हार्टोनोलाई ६-४ र ६-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।

तेस्रो चरणमा सावालेन्काले बेल्जियमकी एलिस मार्टिन्सको सामना गर्नेछिन् । मार्टिनले स्पेनकी गार्बिनी मुगुरुजालाई ३-६,७-६ (७-३) र ६-१ ले पराजित गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् ।