अस्ट्रेलियन ओपन

गार्सिया तेस्रो चरणमा

काठमाडौं । फ्रान्सकी  क्यारोलिना गार्सियाले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाएकी छन् ।

गार्सियाले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा क्यानडाकी लेलाह फर्नान्डेजलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा गार्सियाले खेल ७-६(७-५)  र  ७-५  ले आफ्नो पक्षमा पारिन् ।

गार्सियाले क्यानडाकी क्याथरिन सिबोभलाई ६-३  र  ६-०  तथा फर्नान्डेजले फ्रान्सकी एलिज कोर्नेटलाई ७-५  र  ६-२  को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका थिए ।

यसैगरी चिनकी झाङ शुआईले क्रोएसियाकी पेट्रा मार्टिचलाई ६-३  र  ६-३  तथा बेलारुसकी आयना सावालेन्काले अमेरिकाकी शेल्बी रोजर्सलाई  ६-३  र  ६-१  ले  हारउँदै दोस्रो चरणमा स्थान बनाएका थिए ।