पोर्चुगल

पोर्चुगलका प्रशिक्षक सान्तोष जिम्मेवारीबाट अलग

लिस्बन । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । 

सान्तोषलाई पोर्चुगलसर्वाधिक सफल प्रशिक्षकको रुपमा लिइन्छ । सान्तोषकै प्रशिक्षणमा पोर्चुगलले २०१६ मा युरोपियन च्याम्पियनसिप जितेको थियो । उनकै प्रशिक्षणमा फ्रान्सले युइएफए नेसन्स लिग समेत जितेको थियो ।

मोरोक्कोविरुद्ध क्वार्टरफाइनलमा १-० ले स्तब्ध हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । सो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाईमा नराखेको भन्दै उनको चर्को आलोचना भएको थियो । पोर्चुगलले पहिलो हाफमा गोल खाएको थियो ।

एफपिएफ र फर्नान्डो सान्तोष आपसी सहमतीमा सम्झौता अन्त्य गर्ने निर्णयमा पुगेका छौ,पोर्चुगल फुटबल फेडरेसनले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, उनले सन् २०१४ देखी टोलीको प्रशिक्षण सम्हालेका थिए र उनी पोर्चुगल फुटबलकै सर्वाधिक सफल प्रशिक्षक हुन् ।

रोनाल्डोले अन्तर्राष्ट्रिय खेलजीवनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने बहस जारी रहँदा सान्तोष बाहिरिएका हुन् ।

विश्व फुटबलका सर्वकालिन गोलकर्ता रोनाल्डोले कतार विश्वकप २०२२ नै आफ्नो अन्तिम सहभागिता भएको संकेत गरिसकेका छन् । उनले