फिफा

मार्सिनियाकले फ्रान्स र अर्जेन्टिनाबीचको खेल संचालन गर्ने

दोहा । साबिकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच आइतबार हुने कतार विश्वकप २०२२ को फाइनल पोल्यान्डका सेजमन  मार्सिनियाकले संचालन गर्ने भएका छन् ।

फ्रान्स बुधबार मोरोक्कोलाई २-० ले हराउँदै फाइनल प्रवेश गरेको थियो भने अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो ।

 मार्सिनियाकले यसअघि फ्रान्सले समूह डी मा डेनमार्कविरुद्ध २-१ को जित निकालेको खेल संचालन गरेका थिए । त्यस्तै उनले अर्जेन्टिना र अस्ट्रेलियाविरुद्धको अन्तिम १६ को खेल पनि संचालन गरेका थिए । जुन खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो ।

 मार्सिनियाकले २०१८ को रुस विश्वकपमा पनि खेल संचालन गरेका थिए । उनले जारी विश्वकपको दुई खेल संचालन गरेका छन र ती खेलमा पाँच पहेँलो कार्डको दर्शन गराएका छन् । उनले जारी विश्वकपमा न त पेनाल्टीको निर्णय दिएका छन् न त रातो कार्ड नै ।

अर्जेन्टिना र नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा १५ वटा पहेँलो कार्ड देखाएका एन्टोनियो माटेउ लाहोजको आलोचना भएको थियो । त्यस्तै मोरोक्को फुटबल फेडरेसनले पनि फ्रान्सविरुद्धको सेमिफाइनल खेलाएका सेजार रामोसविरुद्ध फिफामा अपिल गरेको छ ।

शनिबार त्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि हुने खेल भने कतारका अब्दुलरहमान अल जसिमले संचालन गर्नेछन् ।