जर्मन बुन्डेसलिगा

लिभाकोभिच बायर्नको योजनामा नभएको काहानको दाबी

म्युनिख । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका कार्यकारी निर्देशक ओलिभर काहानले क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच म्यानुयल नुयुरकाे विकल्प नभएको बताएका छन ।

कतार विश्वकपका दौरान खुट्टमा चोट लागेका कारण कप्तान तथा गोलकिपर नुअरले सिजनको बाँकी खेल गुमाउने भएपछि बायर्न नयाँ गोलकिपरको खोजिमा छ ।

हाल डिनामो जाग्रेभबाट खेलिरहेका लिभाकोभिचले टोलीलाई कतार विश्वकप २०२२ को सेमिफाइलसम्म पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । क्रोएसियाले अन्तिम १६ मा जापान तथा क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदा लिभाकोभिच नायक बनेका थिए ।

मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले निराश भएको थियो ।

‘ब्राजिल जस्तो उत्कृष्ट टोलीलाई रोक्न सक्ने खेलाडीलाई म सँधै सम्मान गर्छु । लिभाकोभिच राम्रा गोलकिपर हुन’कानले भने‘लिभोकोभिच ठूला क्लबमा अनुबन्ध हुनेमा मलाई विश्वास छ, तर हाम्रो योजनमा भने छैनन् ।’