दोहा । कतार विश्वकप २०२२ को फाइनल पुगेपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्काोलानीले टोलीका कप्तान लियोनेल मेसी विश्वकै सर्वोत्कृष्ट खेलाडीको संज्ञा दिएका छन् ।
मंगलबार राति लुसेल स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियालाई ३–० ले हराउँदा मेसीले एक गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।
क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै मेसी अर्जेन्टिनका लागि विश्वकपमा सर्वाधिक ११ गोल गर्ने खेलाडी बनेका थिए । मेसीले गाब्रियल बाटिस्टुटा (१०) लाई पछि पारेका हुन ।
त्यस्तै यही खेलमार्फत मेसी विश्वकपपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथर माथियस (२५) सँग बराबरी गरेका थिए ।
‘मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन यसमा कुनै शंका छैन । मेसी जस्तो खेलाडीको प्रशिक्षक हुन पाउँदा आफुलाई भाग्यमानी ठान्छु’,स्कोलानीले भने‘उनी टोलीको मात्र नभएर पूरा विश्वका लागि प्रेरणाका स्रोत हुन । मसँग मेसीको बयान गर्न कुनै शब्द नै छैन ।’