एट ए साईड अन्तराष्ट्रिय भेट्रान फुटबल

बगर भाई खलक र हिमालयन ब्रुअरीबीच प्रयोजन सम्झौता

पोखरा । बगर भाई खलकको आयोजनामा हुँदै आएको एट ए साईड अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितालाई हिमालयन ब्रुअरी प्रा. लिले मुख्य प्रायोजन गर्ने भएको छ । 

बगर भाई खलक र हिमालयन ब्रुअरी प्रा. लि बीच ५ बर्षको लागि प्रयोजना सम्झौता भएको हो ।

सम्झौतापत्रमा सस्थाका अध्यक्ष दिल बहादुर गुरुङ र हिमालयन ब्रुअरी प्रा लिका  प्रबन्ध निर्देशक श्री करण चौधरीले हस्ताक्षर गरे । सो सम्झैता अनुसार  हिमालयन ब्रुअरीले ५बर्षका लागि प्रती बर्ष पाँच लाख  बराबरको नगद तथा जिन्सी प्रायोजन गर्ने भएको छ ।  

प्रतियोगिता माघ ३ गते देखी माघ ८ गते सम्म हुनेछ ।