वैशाख २८, २०८२ आइतबार | २१:५६:५६
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचयः लेवान्डोवस्कीको बलमा पोल्याण्ड

१९७४ जुलाई ३, पोलिश फुटबल प्रशंसकले कहिले पनि बिर्सन नसक्ने दिन हो । फ्रयांकफर्टमा पोल्याण्ड विश्वकपको फाइनलमा स्थान बनाउनका लागि घरेलु टिम पश्चिम् जर्मनीसँग प्रतिस्पर्धा गर्ने क्रममा थियो ।

पोल्याण्ड त्यतिबेला विश्व फुटबलको उदीयमान शक्ति थियो । प्रशिक्षक काजिमिर्ज गोर्सकीले पोल्याण्डको नेतृत्व सम्हालेदेखि टिमको प्रदर्शनमा बदलाव आएको थियो । उनको नेतृत्वमा पोल्याण्ड असाधारण उचाइमा पुगेको थियो । टिममा कप्तान तथा मिडफिल्डर काजिमिर्ज डेना, विंगरद्वय रोबर्ट गाडोचा, जागोस लाटो जस्ता प्रतिभाशाली खेलाडी थिए ।

पोल्याण्डले समूह चरणमा सतप्रतिशत जित निकालेको थियो । दोस्रो चरणमा पनि टोलीले पहिलो दुई खेलमा जित निकाल्यो, त्यसपछि तेस्रो खेलमा पोल्यान्डको भेट जर्मनीसँग भएको थियो । जर्मनीले पनि समूहको पछिल्ला दुई खेल जितेको थियो । समान अंक भए पनि गोल भिन्नता आधारमा फ्रान्ज बेकेनबाउर प्रेरित पश्चिम् जर्मनी पोल्याण्डभन्दा अगाडि थियो ।

पोल्याण्डलाई फाइनल पुग्न जितको विकल्प थिएन उता आयोजक पश्चिम् जर्मनीलाई भने बराबरीको नतिजाले विश्वकप फाइनल पुर्याउथ्यो । उच्च लयमा रहेको गोर्स्कीको टिममाथि सबैको अपेक्षा धेरै थियो तर खराव मौसमका कारण नतिजा पोल्याण्डले सोचे जस्तो भएन ।

खेल सुरु हुनुभन्दा एक घण्टा अगाडि फ्रयांकफर्टमा मुसलधारे वर्षा भयो । जसका कारण मैदान जलमग्न भयो । मैदानका केही ठाउँहरुमा पानीको गहिराई दस सेन्टिमिटर सम्म थियो । खेल हुने नहुने शंका उत्पन्न भइसकेको थियो । खेल सुरु हुन केही समय मात्र बाँकी छँदा ग्राउन्ड स्टाफको टोली रोलर र पम्पहरुका साथ मैदान भित्र छिरे र व्यवस्थापनतर्फ लागे ।

ड्रेसिङ रुममा भने तनावपूर्ण माहोल थियो । फाइनल दुविधामा रहेकाले दुवै टोलीका खेलाडीहरु नर्भस थिए । खेल सुरु हुने निर्धारित समयको करिब ३१ मिनेटपछि अस्ट्रियन रेफ्री हेर लाइनमेयरले खेलको शुरुआतका लागि सिट्टी बजाए ।

मैदान केही हदसम्म सुधार भएको थियो । तर सतहमा अझै धेरै पानीका पोखरीहरु थिए, जसले पोलिसहरुलाई उनीहरुको ट्रेडमार्क छरितो शैली लागु गर्नबाट रोक्यो । यो दयनीय अवस्थामा ७६औं मिनेटमा गर्ड मुलरको गोलमा पश्चिम् जर्मनीले १–० को जित निकाल्यो । फलस्वरूप यो नतिजाले पोल्याण्डलाई विश्वकप फाइनलमा पुग्ने यथार्थवादी आशाबाट टाढा बनायो । त्यही कारण यसलाई ’फ्रयांकफर्टको पानी युद्द’ पनि भन्ने गरिन्छ ।

टोलीले तेस्रो स्थानको प्ले अफमा साविक विजेता ब्राजिललाई १–० ले पराजित गर्यो र कांस्य पदक लिएर घर फर्क्यो । १९७४ विश्वकपको कुरा हुँदा सबैले स्मरण गर्ने भनेको योहान क्रायफको डच टिमलाई मात्र हो, पोल्याण्डको कुरा त्यति गरिँदैन । तर पोल्याण्ड उक्त विश्वकपको वास्तविक बल थियो । सायद फ्रयांकफर्टमा त्यस दिन मुसलधारे वर्षा नभएको भए पोल्याण्डले फाइनल पुगेर विश्वकप नै जित्थ्यो कि ?

फुटबलमा ‘सायद’ भन्ने शब्दले महत्व राख्दैन । फ्रयांकफर्टको त्यस घटनालाई सम्झेर मन दुखाउने प्रशंसकहरु अझै पनि छन् । पोल्याण्डको त्यस सुनौलो पुस्ताले फेरि एकपटक आठ वर्षपछि फाइनल पुग्ने अवसर पाएको थियो । तर उनीहरु सेमिफाइनलमा आयोजक इटालीसँग २–० ले पराजित भए ।

सुनौलो पुस्ता विरलै आउने गर्दछ । पोल्याण्डमा आज रोबर्ट लेवान्डोवस्की पुस्ता चलिरहेको छ । २०१८ मा लेवान्डोवस्की पुस्ताले पहिलो विश्वकप खेल्यो । तर पोल्याण्ड समूह चरणबाटै बाहिरियो । कतार विश्वकप उनीहरुका लागि दोस्रो विश्वकप हुनेछ ।

पोल्याण्डले कतारमा आफ्नो पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको विरुद्ध खेल्दैछ । त्यसपछि टोलीले साउदी अरेबिया र लियोनेल मेसीको अर्जेन्टिनासँग खेल्नेछ । कतारमा पोल्याण्डले कसरी खेल्नेछ, त्यो त समयले भन्ने छ नै । तर लेवान्डोवस्की पुस्ताले देशको पहिलो सुनौलो पुस्ताबाट प्रेरणा लिने हो भने उसमा विश्वकपको पछिल्लो चरणहरुसम्म जान सक्ने क्षमता चाहिँ पक्कै छ ।

पोल्याण्डले आफ्नो पहिलो विश्वकप १९३८ फ्रान्समा खेलेको हो । १५ देश सहभागी तेस्रो संस्करणको विश्वकप सिधै नकआउट चरण खेलाइएको थियो । जसमा पोल्याण्ड अतिरिक्त समयमा ब्राजिलसँग ६–५ ले पराजित भयो ।  

दोस्रो विश्व युद्धका कारण चौथो संस्करणको विश्वकप आयोजना हुन १२ वर्ष लाग्यो । यसबीच पोल्याण्ड फुटबलको स्थिति पनि तनावग्रस्त भयो । जर्मनीको एकीकृत सशस्त्र संघको विघटन भएपछि पोल्याण्डमा फुटबल खेल निषेध गरियो । जसले गर्दा त्यहाँ राष्ट्रिय टोली थिएन ।

यो तनावग्रस्त समयमा पोल्याण्डका पूर्व खेलाडीहरु पनि मारिएका थिए । दोस्रो विश्व युद्ध सकेको पाँच वर्षपछि विश्वकप पुनः सुचारु भयो । तर पोल्याण्डले १९५० र १९५४ को विश्वकपमा भाग लिएन । त्यसपछिको दुई दशक पोल्याण्ड कुनै पनि ठूला प्रतियोगिताहरुमा छनोट हुन सकेन ।

१९७२ म्युनिख ओलम्पिकमा हंगेरीलाई २–१ ले पराजित गर्दै पोल्यान्डले स्वर्ण पदक जित्यो । १९७४ मा पोल्याण्ड ३६ वर्षपछि विश्वकपमा फर्कियो । पोल्याण्ड युरोपियन छनोटमा पूर्व विश्व विजेता इङ्ल्यान्डलाई पछि पार्दै १९७४ जर्मन विश्वकपमा छनोट भएको थियो ।

पोल्याण्ड आफ्नो दोस्रो विश्वकपमा इटाली, अर्जेन्टिना र हाइटी सम्मिलित समूहमा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गर्यो । टोलीले पहिलो खेलमा अर्जेन्टिनामाथि ३–२, दोस्रो खेलमा हाइटीमाथि ७–० र तेस्रो खेलमा इटालीलाई २–१ को नतिजामा हराएको थियो ।

दोस्रो चरणको पहिलो दुई खेलमा टोलीले स्वीडेन र युगोस्लाभियालाई हरायो । फाइनल पुग्न उसलाई पश्चिम् जर्मनीविरुद्द जित आवश्यक थियो । तर टोलीले ’फ्रयांकफर्टको पानी युद्द’मा पराजय भोग्नु पर्यो ।

१९७६ मोन्ट्रियल ओलम्पिकमा पोल्याण्डको सुनौलो पुस्ताले रजत पदक जित्दै अर्को उपलब्धि हासिल गर्यो ।

१९७८ अर्जेन्टिना विश्वकपमा पोल्याण्ड दोस्रो चरणमै रोकियो । १९८२ मा पोल्याण्डले समूह चरणको दुई खेल गोलरहित बराबरी खेल्यो, आयोजक इटाली र क्यामरुनसँग । समूहको तेस्रो तथा अन्तिम खेलमा पेरुमाथि ५–१ को फराकिलो जित हासिल गर्दै टोली दोस्रो चरण प्रवेश गर्यो ।

दोस्रो चरणको पहिलो खेलमा उसले बेल्जियमलाई ३–० ले पराजित गरेको टोलीले दोस्रो खेलमा सोभियत युनियनसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गर्यो । अन्तिम चारमा आयोजक इटालीसँग २–० ले पराजित हुँदा टोली दोस्रो पटक फाइनल पुग्ने अवसरमा चुक्यो ।

चार वर्षपछि विश्वकप १९८६ मा पोल्यान्डको सुनौलो युग समाप्त भइसकेको थियो । फलस्वरूप कठिन तवरमा पहिलो चरण पार गरेको टोली अन्तिम १६ मा ब्राजिलसँग ४–० को नतिजामा पराजित हुँदै बाहिरियो ।

१९८६ पछि पोल्याण्डले लगातार तीन विश्वकप गुमायो । २००२ कोरिया–जापानमा पुनारागमन गरेको टोलीले आयोजक कोरिया र पोर्चुगलसँग समूहको पहिलो दुई खेलमा हार बेहोर्यो । अन्तिम खेलमा अमेरिकालाई ३–१ ले पराजित गरे पनि उसले समूहको अन्तिम स्थानमा रहेर विश्वकप टुंगायो ।

चार वर्षपछि जर्मनीमा पनि त्यस्तै भयो । आयोजक जर्मनी, इक्वेडर र कोस्टारिका रहेको समूहमा टोलीm तेस्रो हुँदै समूह चरणबाटै बाहिरियो । त्यसपछि उसले १२ वर्षसम्म कुनै पनि विश्वकप खेल्न सकेन । २०१८ रसिया विश्वकपका लागि योग्य भएको पोल्याण्डले त्यसबीच पहिलो पटक महादेशीय प्रतियोगिता खेल्यो । २००८ मा पहिलो पटक युरोकपमा छनौट भएको उसले त्यसपछि कुनै पनि युरो संस्करण गुमाएको छैन ।

२०१८ रसिया विश्वकप अघि पोल्याण्ड फिफा वरियतामा आठौं स्थानमा थियो । त्यसैले पनि पोल्याण्ड रसियामा नकआउट चरण पुग्ने अनुमान थियो । तर पहिलो दुई खेलमा सेनेगल र कोलम्बियासँग पराजित भएपछि जापानलाई १–० ले पराजित गरे पनि टोलीले समूहको अन्तिम स्थानमा रहँदै विश्वकप टुंगायो ।

पक्कै पनि पछिल्लो समय पोल्यान्डको लय राम्रो छैन । तर लेवान्डोवस्कीको प्रेरणामा टोली विगतको गर्विलो इतिहास पछ्याउने लक्ष्यका साथ कतार यात्रामा निस्कनेछ ।

हेर्नलायक खेलाडी
रोवटै लेवान्डोवस्की (बार्सिलोना)
यसै सिजनमात्र जर्मन महारथी बायर्न म्युनिखबाट बार्सिलोना पुगेका लेवान्डोवस्कीले क्लब फुटबलमा जित्न बाँकी केही छैन । २०१४ यता पोल्यान्डको कप्तानी सम्हाल्दै आएका फरवार्ड लेवान्डोवस्की पोलिस फुटबलका उच्च अन्तर्राष्ट्रिय गोलकर्ता हुन् ।

लेवान्डोवस्कीले एक सय ३४ अन्तर्राष्ट्रिय खेलमा ७६ गोल गरिसकेका छन् । विपक्षीको पोष्टनजिक पुगेपछि बेग्लै खेलाडी जस्तो देखिने लेवान्डोवस्की ३४ वर्षको उमेरमा पनि विश्वका सबभन्दा खतरनाक फरवार्डमध्ये एक हुन् ।

उनकै उच्च स्कोरिङ फर्मका कारण पछिल्लो दशक बायर्नले जर्मन फुटबलका साथै युरोपमा समेत आफ्नो प्रभाव छोड्न सफल भएको थियो । पछिल्ला वर्षहरुमा ‘लेवानगोलस्की’ को उपनामबाट समेत चिनिन थालेका उनको प्रदर्शनले कतारमा पोल्यान्डको महत्वाकांक्षा निर्भर हुनेछ ।

विश्वकपमा पोल्यान्ड
विरुद्ध मेक्सिको (रंगशाला ९७४)
मंसिर ६ गते, राति ९ः४५ बजे

विरुद्ध साउदी अरेबिया (एजुकेसन सिटी रंगशाला)
मंसिर १० गते, साँझ ६ः४५ बजे

विरुद्ध अर्जेन्टिना (रंगशाला ९७४)
मंसिर १४ गते, राति १२ः४५बजे
(एजेन्सीको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP