नेपाली फुटबल

राष्ट्रिय टिमका चार खेलाडी प्लस टू उतिर्ण

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका चार खेलाडीले यो वर्ष उच्च माध्यमिक शिक्षा पूरा गरेका छन् । नेपाली टिमका स्ट्राइकरद्वय सावित्रा भण्डारी र रेखा पौडेल तथा मिडफिल्डर अनिता बस्नेत र रक्षक पुजा रानाले इन्साइड भिजन कलेजबाट प्लसटू उतिर्ण गरे ।

पूर्व राष्ट्रिय खेलाडी तथा कलेजका फुटबल प्रशिक्षक चेतन घिमिरेले चारै खेलाडी राम्रो नतिजामा उतिार्ण भएको खेलाडीलाई बताए ।

उनले सावित्रा र पुजाको ‘ए’ तथा रेखा र अनिताको ‘बी प्लस’ जिपिए आएको बताए ।

हाल पुजा र रेखा नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेलिरहेका छन् भने सावित्रा र अनिता सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्द छन् ।

सावित्रा र अनिताले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्दा समान दुई गोल गरेका थिए । अनिता उक्त खेलको ‘प्लेअर अफ दी म्याच’ समेत चुनिएकी थिइन् । यता, रेखाले करिब तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागम गर्दा पुजा भने चोटका कारण हाल राष्ट्रिय टिमबाहिर छिन् ।