इन्डोनेसियन लिग वान

रोहित सम्मिलित केडिरीलाई पहिलो अंक

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन घरेलु लिग वानमा पहिलो अंक जोडेको छ ।

आइतबार अपराह्न सम्प्न्न  खेलमा पर्सिक केडिरी भयङ्करा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।  ३३औं मिनेटमा पहँेलो कार्डको सामना गरेका रोहितले पुरा समय मैदानमा विताएका थिए ।

पर्सिक केडिरीले खेलमा अग्रता लिए पनि त्यसलाई  जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । १५औं मिनेटमा रिनान सिल्भाले पेनाल्टीको सदुपयोग गर्दै पर्सिक केडिरीले अग्रता लिएको थियो ।  ३६औं मिनेटमा युसुफ इजेजारीले गोल गर्दै भयङ्कराको हार टारे ।

बराबरीसँगै केडिरीले लिगमा पहिलो अंक जोडेको छ । उसको दुई खेलबाट १ अंक छ । यता, भयङ्कराको लगातार दुई खेलबाट दुई अंक छ । दुई खेलबाट ६ अंक जोडेका मादुरा युनाईटेड र पिएसएम माकासार क्रमशः पहिलो र दोस्रो स्थानमा छन्