रियाल मड्रिड

रियाल युरोपकै बलियो टोलीः एलेग्री

टुरिन । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले स्पेनिस महारथी रियाल मड्रिडलाई युरोपकै बलियो टोलीको संज्ञा दिएका छन् ।

आइतबार अमेरिकामा सम्पन्न प्रि–सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा युभेन्ट्सले रियाललाई २-० को नतिजा सुम्पिएको थियो । रियालका लागि करिम बेन्जेमा र मार्काे एसेन्सियोले समान एक गोल गरेका थिए । दुवै टोलीका लागि यो अन्तिम मैत्रीपूर्ण खेल थियो ।

‘रियालसँगको उत्कृष्ट खेलसँगै हाम्रो प्रि–सिजनको भ्रमणको अन्त्य भएको छ’ एलेग्रीले भने, ‘रियाल अहिले युरोपकै उत्कृष्ट टोली हो । हामीले जितका लागि खेल्यौ तर दुर्भाग्य नतिजा हाम्रो पक्षमा आएन । यद्धपी खेलाडीले गरेको प्रदर्शनबाट म सन्तुष्ट छु । यस खेलमा पराजित भए पनि  खेलको प्रदर्शनले भने टोलीको मनोबल बढाएको छ । हामीले पनि गोलको अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनौ ।’