राष्ट्रिय खेलकुद परिषद्

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय कीर्तिमान बनाउनेले ५० हजार पाउने

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार  रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको एक सय १३औं बैठकले पोखरामा असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म हुने खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले आव २०७९/८० को वार्षिक योजन, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ । यसबाहेक, आइतबारको बैठकले राष्ट्रिय खेलकुदको सम्बन्धमा एक दर्जनभन्दा धेरै निर्णय पारित गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्बन्धमा  

  • खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने,
  • प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने ,
  • सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागी हुनु पर्ने,
  • प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने,
  • प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरियो,
  • ३६ खेलमा प्रतिस्पर्धा हुने छ भने २ वटा खेलको प्रर्दशनी हुने छ,
  • खेल इभेन्टस् ४०७,
  • टिम ११ वटा हुने छन्,
  • प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई नगद रु २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलब्ध गराउने,
  • प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने,
  • परिषद्को कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन,
  • परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति,
  • खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन,
  • परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने,
  • सन् २०२३ मा हुने १४औं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकद २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार यूथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने 
  • ओ एन्ड एम सर्भे समिति गठन,
  • खेलाडी छात्रवास निर्माण,
  • एनएनसी फिट्नेस सेन्टरको स्थापना गर्ने,