इङ्लिस प्रिमियर लिग

लिभरपुललाई फेरि उही चुनौती, दोस्रो राम्रो नहुने

लन्डन । लिभरपुलमा योर्गन क्लोप आएयता एउटा राम्रै परिवर्तन देखा परेको छ र त्यो हो, नयाँ सिजनका लागि पर्याप्त मात्रामा सकारात्मक रहने । नत्र लिभरपुललाई अधिकांस समय पुरानो असफलताको इतिहासले पीडा दिने गर्छ । 

यो असफलताको इतिहास पनि कस्तो भन्दा सफलताको निकै नजिक पुगेर पनि त्यसबाट अझै टाढा रहने । अबको नयाँ सिजन पनि लगभग त्यही हुनेछ, खेलाडी र समर्थकले फेरि एकपल्ट भन्ने छन्, ‘यसपल्ट हामी केही गर्ने छौं ।’

यदी लिभरपुलका खेलाडी र प्रशिक्षक मानवीय गुणबाट युक्त थिएनन् त टिमले सबथोक जितिसक्थ्यो । अबको सिजनको कथा पनि त्यही हुनेछ

 

गत सिजन लिभरपुलका लागि अद्धितीय रह्यो, सिजन अन्त्य हुन हुन लाग्दा समेत चार ठूला उपाधिको सम्भावना थियो । तर टिम युरोपेली च्याम्पियन्स लिगको फाइनलमा मात्र पराजित रहेन्, इंग्लिस प्रिमियर लिगको अन्तिम दिन पनि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य रह्यो । उसको भागमा त खालि लिगकप र एफएकप मात्र रह्यो । लिभरपुल लिग उपाधिको निकै नजिक रहेर पनि एक दुई अक जस्तो झिनो अन्तरले पछाडि रहनु परेको यो दोस्रो पल्ट हो ।

 

विशेषतः सलाहसँग नयाँ अनुबन्ध गर्न सक्नु लिभरपुलका लागि उपलब्धी नै हो, यसले अगाडि खेल्ने खेलाडीलाई लिएर धेरै तनाव लिइरहनु पर्ने छैन् ।

यदी लिभरपुलका खेलाडी र प्रशिक्षक मानवीय गुणबाट युक्त थिएनन् त टिमले सबथोक जितिसक्थ्यो । अबको सिजनको कथा पनि त्यही हुनेछ । लिभरपुल फेरि एकपल्ट घरमा मात्र होइन्, युरोपमै उपाधिहरूका लागि बलियो दावेदार रहनेछ । कम्तीमा पनि क्लोपको टिमले प्रिमियर लिगमा बलियो न बलियो चुनौती पेस गर्नेछ । तर उसका लागि अझै पनि म्यानचेस्टर सिटीले तेर्साउने चुनौती काट्न सजिलो हुने छैन् । पेप ग्वार्डिओला अझै पनि लिभरपुललाई कसरी पछाडि छोड्ने भनेर रणनीति बुनिरहेका होलान् ।

यी स्पेनी फुटबल प्रशिक्षक भन्ने गर्छन्, सिटीले हात पारेको सफलता पछाडि तिनै क्लोप र लिभरपुलको ठूलो योगदान छ । लिभरपुलले चर्को न चर्को दबाब सिर्जना नगरेको भए, सिटीको आफ्नै प्रदर्शन पनि यति धेरेले राम्रो हुने थिएन् । क्लोप पनि ग्गार्डिओला बराबरकै प्रशिक्षक हुन्, उनले पनि त लिभरपुलका लागि केही न केही योजना बनाइरहेकै होलान् । यो योजना कस्तो भन्दा यसको सूत्र हुनेछ, ‘अघिल्लो सिजनलाई चटक्कै बिर्सनु, यसपल्ट धेरै जित्न सकिन्छ भनेर सोच्नु’ ।

यो सिजन लिभरपुलले दुई प्रमुख खेलाडीलाई गुमाएको छ, साडियो माने र डिभोक ओर्गी । यसबीच लिभरपुलले डारविन नुनेजलाई मात्र भित्र्याएको छैन्, मोहमद सलाहसँग पनि नयाँ अनुबन्ध गरेको छ ।

 

 विशेषतः सलाहसँग नयाँ अनुबन्ध गर्न सक्नु लिभरपुलका लागि उपलब्धी नै हो, यसले अगाडि खेल्ने खेलाडीलाई लिएर धेरै तनाव लिइरहनु पर्ने छैन् । त्यस बाहेक टिम आफैमा धेरै परिवर्तनबाट गुज्रेको छैन्, अरू ठूला नाम अझै टिममै छन् ।

निचोड के भन्दा लिभरपुलले अबको सिजन सामना गर्ने चुनौती समान छ, सिटीलाई पन्छाउनु पर्ने । यसका लागि क्लोपले आफ्ना खेलाडीलाई प्रेरित राख्नु पर्नेछ । फेरि एकपल्ट नयाँ सिजन कडा चुनौती पेस गर्न तिनमा आत्मविश्वास भर्नु पर्नेछ । एकपछि अर्को सिजन दोस्रो उत्कृष्ट हुनुको मज्जा खासै हुने गर्दैन् । इतिहासले फेरि दोस्रो राम्रो टिमलाई कति मात्र सम्झने गर्छ र भने ? यो तथ्य क्लोप जत्तिलाई भन्दा अरूलाई के थाहा होला र ?
–मिररको सहयोगमा ।