स्पेनिस ला लिगा

इन्टर मियामीमाथि बार्सिलोना हाबी

मियामी । प्रि-सिजन भ्रमणका लागि अमेरिका भ्रममण रहेको स्पेनिस  ला लिगाको क्लब बार्सिलोनाले बुधबार मेजर लिग सकर क्लब  इन्टर मियामीमाथि ६-० को सानदार जित निकालेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । खेलको सुरुआताबाटै बार्सिलोनाले मियामीलाई दबाबमा राखेको थियो । 

बार्सिलोनाको जितमा पीएरे इमरिक औबामेयाङ, राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले समान एक गोल गरे । 

राफिन्हा केही दिन अघि मात्र लिड्स युनाइटेडबाट क्याम्प नोउमा भित्रिएका थिए । 

प्रि-सिजन अन्तर्गतकै खेलमा बार्सिलोनालेसहरी प्रतिद्वन्दी रियल मड्रीड र  इटालियन सिरी ए को क्लब युभेन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ ।