एन्फा कार्यसमिति बैठक

स्थगित एन्फा बैठक बिहीबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ सोमबार अचानक विरामी परेपछि स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।

मंगलबार एन्फाले वेवसाइटमार्फत स्थगित बैठक बिहीबार विहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने जनाएको हो ।

साधारणसभाले गत असार ६ गते नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउसो तीन बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।  

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको दोस्रोे बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।