आइसिसी विश्वकप क्रिकेट लिग २

नेपाली टोली फर्कियो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

स्कटल्यान्ड भ्रमणमा नेपालले चारमध्ये एक खेल जितेको थियो भने तीन खेल गुमाएको थियो ।  

पहिलो खेलमा नामिबियालाई ४० रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनमा हारेको थियो ।भने अन्तिम खेलमा स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपाल निरिह देखिएको थियो ।

तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।