लियोनेल मेसी

मेसीलाई पेरिस बसाई लम्ब्याउन पिएसजीको प्रस्ताव

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई एक वर्षको सम्झौता थप्न प्रस्ताव गरेको छ ।

सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले २०२३ सम्मको लागि सम्झौता गरेका थिए । तर, हालै पिएसजीले २०२४ सम्मका लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

मेसीलाई पिएसजीले अहिलेसम्म आधिकारीक सम्झौताको प्रस्ताव नगरे पनि क्लबले यो गर्न इच्छुक रहेको देखाउँदै आएको छ ।

सम्झौता सकिन अझै एक वर्ष बाँकी रहँदा मेसी र उनका सहकर्मीले सम्झौताका लागि पिएसजीले हतार गरेको बताएका छन् ।

बार्सिलोना आर्थिक संकटबाट गुज्रिएकाले मेसी २००३ देखि २०२१ सम्मको १८ वर्षे क्याटलान बसाई टुङ्ग्याउँदै पेरिस पुगेका थिए ।