कतार विश्वकप २०२२

पहिलो पटक विश्वकपमा एसियाका ६ देशले खेल्दै

दोहा । फुटबल विश्वकपको इतिहासमा पहिलो पटक एसियाबाट ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार महादेशीय छनोटमा अस्ट्रेलियाले दक्षिण अमेरिकी टिम पेरुलाई सडनडेन ६-४ ले पराजित गर्दै यस वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपमा पहिलो पटक एसियाबाट ६ टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यस पटक विश्वकपमा एसियाबाट आयोजक कतारसहित, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेविया र अस्ट्रेलिया छनोट भए ।

इरान एसियाबाट विश्वकप छनोट हुने पहिलो टिम बनेको थियो ।

कतार विश्वकपका लागि अब एक टिमको मात्र टुङ्गो लाग्न बाँकी छ । आज (मंगलबार) हुने अन्तरमहादेशीय प्लेअफमा न्यूजिल्यान्ड र कोस्टा रिकाबीचको विजेता कतार विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्नेछ ।